२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशदक्ष जनशक्ति उत्पादनमा जोड दिन स्वास्थ्यमन्त्री अधिकारीको आग्रह

दक्ष जनशक्ति उत्पादनमा जोड दिन स्वास्थ्यमन्त्री अधिकारीको आग्रह


पोखरा-गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्यकर्मीको दक्षता विकासमा जोड दिन आग्रह गरेकी छन् । स्वास्थ्य तालिम केन्द्र, पोखराको अनुगमन तथा निरीक्षणका क्रममा उनले दक्ष जनशक्ति नहुँदा गुणस्तर र कार्य सम्पादनमा समस्या आउने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएकी हुन् ।

‘अहिले प्रायः अस्पतालमा दक्ष जनशक्तिको अभाव छ, भौतिक संरचनाको विकाससँगै दक्षता अभिवृद्धिलाई ध्यान दिनुपर्छ,’ मंगलबार निरीक्षणका क्रममा उनले भनिन् । हाम्रो भन्ने सामाजिक भावनाका साथ काम गर्न उनले कर्मचारीलाई निर्देशन दिइन् ।

कार्यक्रममा निमित्त तालिम निर्देशक रमेश अधिकारीले कोभिड-१९ महामारीले पछिल्लो समय तालिम सञ्चालनमा समस्या भएको जानकारी गराए । सो अवसरमा २२ वटा तालिम सञ्चालन गरिएको उनले उल्लेख गरे ।

तालिम प्रदायक निकायले भर्चुअल विधिबाट तालिम सञ्चालन गर्ने संरचना विकास गर्नपर्ने आवश्यकता औंल्याए । प्रदेश स्वास्थ्य तालिम केन्द्रले स्थानीय तह, प्रदेश तथा संघअन्तर्गतका तालिम सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #गण्डकी प्रदेश, #मधु अधिकारी गुरुङ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ