२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकास्कीमा मास्क नलगाउनेलाई १ लाख १५ हजार रुपैयाँ जरिवाना

कास्कीमा मास्क नलगाउनेलाई १ लाख १५ हजार रुपैयाँ जरिवाना


पोखरा—कास्कीमा कोभिड—१९ संक्रमण पुनः बढ्न थालेको छ । आइतबार संक्रमण पुष्टि भएका ३ सय ३२ जनामध्ये १ सय ३८ जना कास्कीकै छन् । ३ जनाको मृत्यु भएको छ ।

सोमबार ४ जनाको ज्यान गयो भने ६ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये कास्कीका २ सय ३९ जना रहेका छन् । मंगलबार ६ सय ८ जनामा संक्रमण पुष्टि भएकोमा कास्कीका मात्रै १ सय ५५ जना थिए । मंगलबार कोaभिड–१९ कै कारण २ जनाको ज्यान गयो ।

कास्की प्रशासनद्वारा जारी निषेधाज्ञा खुकुलो पारिएको छ । कोभिड–१९ संक्रमितको संख्यामा भने उल्लेखनीय कमी आएको छैन । यही तथ्यलाई मध्यनजर गरी कास्की प्रहरीले सार्वजनिकस्थलमा निगरानी बढाएको छ ।

प्रहरीले कोभिड–१९ बाट बच्न न्यूनतम २ मिटरको दूरी कायम गर्न, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न माइकिङसमेत गर्दै आएको छ । कतिपय अवस्थामा भने प्रहरीले सम्झाइबुझाइ छाड्ने गरेकोमा पछिल्लो समय कारबाहीस्वरुप जरिवाना नै गर्न थालेको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले १८ साउनमा मास्क नलगाएर हिड्ने ५ सय ८१ जनालाई कारबाही गरेको छ । उनीहरुबाट ६१ हजार २ सय रुपैयाँ जरिवाना लिइएको छ । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० तथा कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही गरिएको प्रहरीले स्पष्ट पारेको छ ।

मास्क नलगाएर हिडेका २ सय ४५ जनालाई मास्क वितरण गरेको छ ।

यस्तै, १९ साउनमा ५ सय ३५ जनालाई जरिवाना गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट ५३ हजार ५ सय रुपैयाँ जरिवाना लिइएको छ । प्रहरीले ३ सय ७८ जनालाई मास्क वितरण गरेको छ भने ३ सय ९० जनालाई सम्झाइबुझाइ छाडेको छ ।

प्रहरीले नागरिकहरुलाई अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा अनावश्यक जमघट नगर्न आग्रह गरेको छ । प्रहरीले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही हुने भन्दै सचेत गराएको छ ।

यता, जिल्ला प्रशासन कार्यालय कास्कीले २७ साउनसम्म निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिबाट १८ साउनमा भएको निर्णयअनुसार निषेधाज्ञा जारी कास्की प्रशासनको सूचनामा उल्लेख छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ