२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकान्तिपुर डेन्टलमा दसैंतिहार छुट योजना

कान्तिपुर डेन्टलमा दसैंतिहार छुट योजना


पोखरा—पोखरास्थित कान्तिपुर डेन्टलले १ असोजदेखि ३० कात्तिकसम्म दसैं तिहार अफर ल्याएको छ । जसमा दाँत सफा गर्ने सेवा १ हजार छुट गरी ५ सय रुपैयाँमै लिन सकिनेछ ।

मुखको ठूलो एक्सरे (ओपिजी) १५० छुट गरी ८५० मा नै सेवा लिन सकिने छ भने तारबाँधेर मिलाउने (अर्थाेडेन्टिस्ट ट्रिटमेन्ट) मा नयाँ बिरामीलाई ५ हजार छुट दिइने सिईओ प्रतीकमान श्रेष्ठले बताए । यही सेवा छुटबाहेकको अवधिका ५० हजारबाट सुरु हुने उनको भनाइ यियो ।

कान्तिपुर इन्स्टिच्युटले दसैं तिहार अफरअन्तर्गत कम्बो प्याकमा नाम दर्ता, डाक्टर परामर्श, सुझाव, ट्रिटमेन्ट प्लानिङ, मुखको ठूलो एक्सरे, दाँत सफा गर्ने लगायत सेवा १२ सय छुट गरी १६५० मा नै दिने भएको छ । असोजदेखि शनिबार पनि सेवा दिइरहेको श्रेष्ठले जानकारी दिए ।

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेसले कलेज परिसरमा प्याथोलोजी ल्याब सञ्चालनमा ल्याएको छ । शुभारम्भको अवसरमा १९ असोजमा ५ सयभन्दा बढीको सुगर, युरिन, दन्त परीक्षण, डाक्टर परामर्शलगायत सेवा निःशुल्क गरिएको उनले जानकारी दिए ।

कान्तिपुर इन्स्टिच्युट हेल्थ साइन्सेसमा सिटिइभिटीअन्तर्गत ४ विधामा शिक्षण गरिरहेको छ । जसअन्तर्गत सर्टिफिकेट इन डेन्टल साइन्स (डेन्टल हाइजिन एजुकेसन) र डिप्लोमा इन फार्मेसीतर्फ ४०/४० कोटा रहेका छन् । जसमध्ये ३/३ कोटा सिटिइभिटी स्कोलारसिप र १/१ मेरिट स्कलरसीपको व्यवस्था गरिएको छ । पिसिएल इन डायग्नोस्टिक रेडियोग्राफी र सर्टिफिकेट इन मेडिकल ल्याब्रोरेटरी टेक्नोलोजीमा ३०/३० सिट रहेकोमा २/२ कोटा सिटिइभिटी स्कलरसीप र १/१ कोटा मेरिट स्कलरसीप रहेको श्रेष्ठले जानकारी दिए । उनकाअनुसार भर्ना खुलिरहेको भएपनि नयाँ ब्याचको कक्षा सञ्चालन तिहारपछि हुनेछ । इन्स्टिच्युटमा पर्याप्त प्रयोगशाला सामग्रीको व्यवस्था गरिएको छ भने पोखरामा नै कम मात्रामा रहेको ओपिजी मेसिन रहेको छ ।

लगानीअनुसार विद्यार्थी कोटा थप हुँदा शिक्षक विद्यार्थी अनुपात र सञ्चालन खर्च व्यवस्थापन सहज हुने श्रेष्ठको तर्क थियो । सिटिइभिटीले स्वीकृति र अनुमति दिए थप विद्यार्थीलाई व्यवस्थापन गर्न सकिने उनी बताउँछन् ।

इन्स्टिच्युटमा एमडिएस डा. बेबिना श्रेष्ठ, क्लिनिक सुपरभाइजर डा. सिजन मरसानी, डा. रोजी श्रेष्ठ, डा. अपेक्षा नन्दले सेवा दिइरहेका छन् । यस्तै, कन्सल्टेन्सनका लागि सर्जन डा. उज्वल कोइराला, डा.असल आचार्य र डा. दिलीप कुँवर रहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ