२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशनगरवासीलाई स्वास्थ्यप्रति सचेत रहन मेयर जिसीको आग्रह

नगरवासीलाई स्वास्थ्यप्रति सचेत रहन मेयर जिसीको आग्रह


पोखरा – मस्तिष्क घात भएर बिरामी परेका पोखराका मेयर मानबहादुर जिसी करिब ३ महिनापछि कार्यालय पुगेका छन् । कार्यालयमा करिब १ घन्टा बिताएका जिसीले कोभिड संक्रमण जोखिम अझै पनि रहेकाले स्वास्थ्यप्रति सचेत रहेर दसैं मनाउन महानगरवासीलाई आग्रह गरे ।

उनले भने, ‘चाडपर्व अर्काे वर्ष पनि आउँछन्, स्वास्थ्य मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु । ’ उनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरका स्वास्थ्यकेन्द्र तथा अस्पतालमा स्वास्थ्य जाँच गराउन आगह गरेका छन् ।

गत १ साउनमा मष्तिष्क घात काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा जटिल शल्यक्रियापछि जिसीको स्वास्थ्यमा सुधार आएको छ । तर, पूर्ण स्वस्थ हुन अझै समय लाग्ने भएकाले उनले कार्यबाहक मेयरको जिम्मेवारी उपमेयर मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरेका छन् ।

आफू पूर्णरुपमा निको भएर काममा फर्कने विश्वास गरेका मेयर जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीसँग आग्रह गरेको मेयर जिसीको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ