२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकास्की प्रशासनले भन्यो, ‘नियमित खोप लगाउने व्यवस्था मिलाउनु’

कास्की प्रशासनले भन्यो, ‘नियमित खोप लगाउने व्यवस्था मिलाउनु’


पोखरा—जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित रुपमा खोप लगाउन सक्ने गरी खोप केन्द्रको व्यवस्था गर्न निर्देशन दिएको छ । खोप केन्द्र व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कास्कीलाई भनेको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकपछि प्रशासनले बैठकका निर्णय सार्वजनिक गर्दै सो निर्देशन दिएको हो ।

बैठकबाट कोभिड—१९ रोगको प्रकोप नियन्त्रण एवं रोकथामका लागि अपनाउनुपर्ने सतर्कता, तयारी एवं व्यस्थापनसम्बन्धी विषय, पर्यटन व्यवसाय सञ्चालन र अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, खोप व्यवस्थापनलगायत विषयमा निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले होटलमा आउने बाह्य पर्यटकहरुको परिचयात्मक वैयक्तिक विवरणका साथै पूर्ण खोप लगाएको प्रमाण, नलगाएको भए विवरण र पिसिआर रिपोर्टको समेत अभिलेख राख्न पर्यटन व्यवसायीलाई निर्देशन दिएको छ ।

यस्तै, जिल्ला प्रवेश गर्ने नाकामा मास्कको उचित प्रयोग भए नभएको पत्ता लगाउन चेकजाँचलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ