२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकृत्रिम खुट्टा पाएपछि हर्षित ढकाल, मानव मिलन संस्थाले दियो सहारा

कृत्रिम खुट्टा पाएपछि हर्षित ढकाल, मानव मिलन संस्थाले दियो सहारा


पोखरा – स्याङ्जा आँधीखोलाका मोहदत्त ढकाल ४८ वर्षका भए । भारतमा रोजगारीमा गएका उनलाई गाडीले ठक्कर दिँदा उनको एउटा खुट्टा कामै नलाग्ने गरी बिग्रियो । जसका कारण घुँडाभन्दा मुनि काटेर फ्याँक्नुप¥यो ।

करिब २९ वर्षअघि  मंसिर २०४९मा खुट्टा गुमाएका उनले पोखरामा सञ्चालित शिविरमा नि:शुल्क कृत्रिम खुट्टा पाए । आर्थिक संकटले सताइरहेको तर, अपांगता भत्तासमेत नपाएको उनले गुनासो गरे ।

उनी विभिन्न राजनीतिक दलका नेताहरुले सहयोगको आश्वासन दिएको भए पनि मानव मिलन संस्थाले कृत्रिम खुट्टा दिएर गुन लगाएको बताउँछन् । उनलाई समथर ठाउँमा हिँड्न लठ्ठी वा वैशाखीको सहारा खाँचो पर्दैन । भने, समथर ठाउँ नभएमा लठ्ठीको सहारामा हिँड्न सक्छन् ।

सिन्धुपाल्चोकका कृष्ण श्रेष्ठ पोखरा-१४ चाउथेमा बस्छन् । उनी मजदुरीकै लागि पोखरा गए । तर, उनलाई रोगले गरिखान दिएन । सुगरका कारण खुट्टाको घाउ निको नभएपछि घुँडाभन्दा मुनि काटेर फ्याक्नुप¥यो । २ वर्षअघि खुट्टा गुमाएका उनले पोखरामा सञ्चालित शिविरमा कृत्रिम खुट्टा लगाउन पाए । कृत्रिम खुट्टाले दैनिकीमा सहज भएको छ । चितवन मेघौली २७ का मनोज कुमार महतोले भने साँप्रादेखि तलको सिंगै कृत्रिम खुट्टा लगाएका छन्  ।

यीसहित खुट्टा गुमाएका २०-२५ जनालाई कृत्रिम खुट्टा लगाउने योजना पोखराको मानव मिलन संस्थाले बनाएको छ । बिहीबारसम्ममा ९ जनाले कृत्रिम खुट्टा लगाएको संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माले बताए ।

पोखरा ७ मुस्ताङचोकस्थित जैनस्थानकमार्गमा मंगलबारदेखि कृत्रिम खुट्टा नि:शुल्क उपलब्ध गराउने शिविर सञ्चालन भएको छ । संस्थाका अध्यक्ष गुप्तप्रसादकाअनुसार रोटरी महावीर जयपुर, खुट्टा पुनस्र्थापना केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा खुट्टा गुमाएकाहरुलाई कृत्रिम खुट्टा उपलब्ध गराउने साताव्यापी शिविर सञ्चालन गरिएको हो ।

मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनि महाराजले जयपुरमा ७ वर्षअघि कृत्रिम खुट्टा वितरण भएको कार्यक्रम देख्दा नेपालमा पनि लैजान पाए हुन्थ्यो भन्ने सोच दाताका सहयोगका कारण सफल भएको बताउँछन् । एउटा कृत्रिम खुट्टाको लागि न्यूनतम १४ हजार रुपैयाँ पर्ने बताइन्छ ।

यस्तै, मानव मिलन संस्थाले एम्बुलेन्स सेवासमेत सञ्चालन गरेको छ । संस्थाले आर्थिक अवस्था कमजोर भएका बिरामीको अवस्था हेरी अस्तालसम्म पु¥याउन निशुल्क वा न्यून शुल्क लिएर सेवा दिने गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ