२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ९२ प्रतिशत बढीले लगाए टाइफाइडविरुद्धको खोप

गण्डकीमा ९२ प्रतिशत बढीले लगाए टाइफाइडविरुद्धको खोप


पोखरा—गण्डकी प्रदेशमा बालबालिका लक्षित टाइफाइडविरुद्धको खोप अभियान जारी छ । १२ वैशाखसम्ममा प्रदेशको प्रगति ९१.५५ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका कुल ५ लाख ९६ हजार ४ सय ३६ जनालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य भएकोमा ५ लाख ४६ हजार ७९ जनालाई लगाइसकिएको छ । मुस्ताङको लोमान्थाङ, कास्कीको पोखरा महानगरपालिका र मनाङमा भने खोप कार्यक्रम सञ्चालन भइरहेका विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

निर्देशनालयका अनुसार मुस्ताङमा ३ हजार ३ सय ७१, म्याग्दीमा २८ हजार ७ सय १८, बागलुङमा ७१ हजार, पर्वतमा ३० हजार ८ सय ३२, कास्कीमा १ लाख ११ हजार ५ सय ९० बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । यस्तै, स्याङ्जामामा ६० हजार १ सय ६५, तनहुँमा ८० हजार ८ सय ७४, गोरखामा ६१ हजार ४ सय ७३, लमजुङमा ३९ हजार ५ सय १३, मनाङमा ७२० र नवलपुरमा १ लाख ८ हजार १ सय ८१ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशभर जिल्लागत रुपमा प्रगति सबैभन्दा कम मनाङमा ८० प्रतिशत रहेको छ । मुस्ताङको ८४, म्याग्दीको ९६, बागलुङको ९३, पर्वतको ९६.१४, कास्कीको ८६ प्रतिशत रहेको छ । यसैगरी स्याङ्जाको ९३, तनहुँको ९६, गोरखाको ९५, लमजुङको ९३ र नवलपुरको ८८ प्रतिशत प्रगति रहेको छ । खोप कार्यक्रम जारी रहेकाले शत प्रतिशत लक्ष्य भेट्ने निर्देशनालयको दाबी छ । गण्डकीले कोभिडविरुद्धको खोपमा पनि अग्रता कायम गरेको थियो ।

निर्देशनालयका विष्णुप्रसाद सुवेदीका अनुसार कार्यालय सार्नेकाम भइरहकाले पछिल्लो विवरण अद्यावधि गर्न सकिएको छैन ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ