२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमहिला स्वास्थ्यमा म्याग्दे गाउँपालिकाको प्राथमिकता

महिला स्वास्थ्यमा म्याग्दे गाउँपालिकाको प्राथमिकता


पोखरा– तनहुँको म्याग्दे गाउँपालिकाले महिला स्वास्थ्यलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले महिला स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै गत असोजबाट गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स-रे सेवा सञ्चालनमा ल्याएको छ । भिडियो एक्स-रेका लागि दमौली, पोखरा लगायत ठाउँमा जानुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाको सहयोगमा भिडियो एक्स–रे सेवा थालिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

म्याग्दे ४ थर्पुमा १० शैयाको अस्पताल सञ्चालनको तयारीमा छ । नयाँ भवनबाट सेवा सुरु भएपछि पालिकावासीलाई सहज सेवा दिने सकिने अध्यक्ष श्रेष्ठको विश्वास छ । पालिकाका सबै वडामा स्वास्थ्य चौकी छन् भने १ वडामा ३ वटा स्वास्थ्य चौकी छन् । जनशक्ति सरकारी स्तरबाट नपुग भएको अवस्थामा गाउँपालिकाले व्यवस्थापन गरेको छ ।

गाउँपालिकाले मुटु रोग, क्यान्सर तथा मिर्गौला दीर्घ रोगीका लागि १५ हजार रुपैयाँ अनुदान दिँदै आएको छ । २ वटा एम्बुलेन्सले प्रसूति हुन जाने महिला, अपाङ्ग, वृद्ध, असक्तलाई निःशुल्क सेवा दिँदै आएको छ । सुत्केरी महिलाका लागि पोषण भत्ता ५ हजार उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाका प्रत्येक वडामा एकीकृत घुम्ती शिविर र आँखा शिविर सञ्चालन गरेको छ । गाउँ गाउँमा लुकेर रहेका बिरामी पहिचान गर्न शिविर महत्त्वपूर्ण हुने गाउँपालिकाको भनाइ छ । सामान्य त हो भन्दै जटिल अवस्थामा पुग्ने परिस्थिति घटाउन एकीकृत शिविरको महत्त्वपूर्ण हुने देखिएको छ ।

पाठेघरको मुखको क्यान्सर स्क्रिनबाट ४ सय ९९ जनामा सङ्क्रमण उन्मुख भएको पत्ता लागेको अध्यक्ष श्रेष्ठले बताए । १६÷१७ जनाको शल्यक्रिया नै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । शल्यक्रिया गर्नुपर्नेको उपचार गाउँपालिकाले निःशुल्क गर्ने छ । आयुर्वेदिक तथा एलोप्याथिक औषधी निःशुल्क उपलब्ध गराउने छ ।

म्याग्दे २ जामुनेमा कोभिडका बेला बनेको १० शैयाको अस्पतालमा आधारभूत तथा डेलिभरी सबै सुविधा उपलब्ध हुँदै आएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ