२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीमा सामाजिक विकास मन्त्री सुशीला सिम्खडा बर्खास्त

गण्डकीमा सामाजिक विकास मन्त्री सुशीला सिम्खडा बर्खास्त


पोखरा—केन्द्रमा बदलिएको सत्ता गठबन्धनको परकम्प प्रदेशहरुमा पनि देखिन थालेको छ । पहिलो परकम्पको रुपमा गण्डकीमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मंगलबार विहानै मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री बनेकी सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

१५ बैशाखमा सिम्खडा सामाजिक विकास मन्त्री भएकी थिइन् भने १९ बैशाखममा जुग्जाली भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीले सम्हालेका दुवै मन्त्रालय आफैसँग राखेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ