२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकान्तिपुर डेन्टल इन्स्टिच्युटको शिविरबाट मनोवैज्ञानिक आघात परेका बालबालिकालाई राहत

कान्तिपुर डेन्टल इन्स्टिच्युटको शिविरबाट मनोवैज्ञानिक आघात परेका बालबालिकालाई राहत


पोखरा—कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले मनोवैज्ञानिक आघातमा परेका बालबालिकाको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मंगलबार बीएम फाउन्डेसनको सहयोगमा कोपिला नेपालको व्यवस्थापनमा भएको शिविरमा एक सय जनाको स्वास्थ्य जाँच गरिएको इन्स्टिच्युटकी पब्लिक हेल्थ कोअर्डिनेटर तथा शिविर संयोजक शर्मिला शर्माले जानकारी दिइन् ।

शिविरमा ४० जनामा फ्लोराइड एप्लीकेसन र सहभागीलाई जनचेतना तथा मुख दन्त स्वास्थ्य सचेतना सञ्चालन गरिएको उनले बताइन् । शिविरमा डा. अनुजा काफ्लेको नेतृत्वमा रहेको स्वास्थ्यकर्मी टिमले सेवा दिएको थियो ।

‘शिविरमा बालबालिकाका लागि निशुल्क डेन्टल चेकप, फ्लाराइड एप्लिकेसन, दाँत उक्काउने, दाँत भर्ने र सफा गर्ने सेवा दिन्छौं । ठूला मानिसका लागि भने डेन्टलमा नै रिफर गर्छाैं,’ शर्माले भनिन् ।

यसअघि पोखराको जनप्रिय मावि, राम निमावि र पुष्प सदन एकेडेमीमा शिविर सञ्चालन गरिएको थियो । इन्स्टिच्युटबाट गत आर्थिक वर्ष तथा चालु आवमा गरी ६७ शिविरबाट १ हजार ५ सय हाराहारीमा विद्यार्थी तथा अभिभावकले स्वास्थ्य लाभ लिएका थिए ।

संयोजक शर्माका अनुसार ५० हाराहारीमा शिविर सञ्चालन गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । शिविरबाट रिफर भएका आएकाहरुलाई इन्स्टिच्युटले १० देखि १५ प्रतिशत छुट दिने जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ