२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा वित्तिय संस्था र पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

मुगुमा वित्तिय संस्था र पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण


जुम्ला – नेपाली कांग्रेस  जिल्ला कार्य समिती मुगुका सभापती खड्क बहादुर शाही यति बेला मुगु जिल्लाका विभिन्न निकायलाई स्वास्थ्य सामाग्री वितरण गरिरहेका छन् । उनले मुगु जिल्लामा रहेका सरकारी कार्यालय,  सुरक्षा निकाय, वित्तिय सस्था र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

करिब २५ लाख बराबरको स्वास्थ्य सामाग्र वितरण गर्ने योजना हनुसार मुगुका ४ वटै स्थानिय तहहरुलाई स्वाथ्यसामाग्री वितरण गर्न सुरु गरेको उनको भनाइ छ । कार्यालयमा सेवा दिने कर्मचारी र सेवा लिने सर्वसाधारणहरुमा कोरोना भाईरस (कोभिड-१९) नफैयोस र सेवा प्रदायक कर्मचारीहरुले पनि ढुक्कसंग जनतामा सेवा प्रवाह गर्न सकोस भनेर आफुले कार्यालयहरुलाई पिपिई सेट, थर्मगन, सेनिटाईजर, मास्क, रोग प्रतिरोधात्मक औषधी सहयोग गरेको पाटी सभापती खड्क बहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार जिल्लामा रहेका २१ वटा बैंक तथा सरकारी कार्यालय र प्रेस युनियन मुगुलाई स्वास्थ्य सामग्री वितरण गरिएकोे हो। सभापती शाहीले लकडाउनका बेला काठमाडौँ लगायत देशका प्रमुख शहरहरुमा अलपत्रप परेका १७ सय ७६ सर्वसाधारणहरुलाई राहत साम्रगी वितरण गरेको जनाएका छन् । यसका साथै भारतबाट नेपाल आउदा नाकामा अलपत्र परेका स्थानिय बासिलाई जिल्लामा ल्याउन आफैले पहल गरेको उनको भनाइ  छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर डबल बहादुर मल्लले सरकारी संयन्त्रबाट प्राप्त स्वास्थ्य सामगी्रले मात्र कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतमा प्रयाप्त नहुने भएकाले यो कार्यमा नेपाली काँग्रेसले गरेको सहयोगले थप बल प्रदान हुने बताए ।
कार्यालयमा सर्वसाधारण आउँदा सेवा दिँदा र लिँदा दुवै पक्ष डराउनु पर्ने अवस्था थियो।

साथै, सभापती शाहीले माडवाडी समाजबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता बढाउने निशुल्क प्रदान गरिएको औषधी समेत वितरण गरेको जनाएका छन् । मुगु जिल्लामा समाजले १४ हजार जनालाई पुग्ने उक्त औषधी उपलब्ध गराएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ