२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी

कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी


जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाइ व्यापार व्यवसायी गर्ने जो कोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै उक्त चेतवानी दिएको हो ।

लकडाउन खुकुलोपछि जथाभावी व्यापार व्यवसायी खुलेर भिडभाड बढी हुन थालेपछि प्रशासनसहित सरोकारवाला निकाय उद्योग बाणिज्य संघ, पत्रकारलगायतको टोलीले व्यापारीलाई सुझाउदै यस्तो चेतवानी दिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘प्रत्येक व्यापारीले आफ्नो पसल उद्योग अगाडी ढोकामा डारीको बार लगाउने, दुई मिटरको व्यक्तिगत दुरी कायम गर्ने, स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता कुरालाई सुझाएको छ ।’

त्यसैगरी, अनाआवश्यक मानिसहरुको भिडभाड नगर्ने, अत्यावश्यक काम परेका व्यक्तिहरु मात्रै घर बाहिर निस्कने, सवारी साधन मोटरसाइकलमा एक जना व्यक्तिमात्र सवार गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने, अटो- रिक्सामा  दुई जना व्यक्ति बाहेक अरुलाई सवार नगर्ने जस्ता कुरा सुझाएको छ ।

सुझाएका कुरा सबै बेवास्था गरी कोरोना संवेदनशिलता नअपनाउने जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने जोकोही व्यक्ति तथा व्यापारीलाई संक्रमण रोग ऐन, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने पनि चेतवानी दिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ