२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा २२ आइसियु र ९ वटा भेन्टिलेटर थपिए

कर्णाली प्रदेशमा २२ आइसियु र ९ वटा भेन्टिलेटर थपिए


सुर्खेत– कर्णाली प्रदेशमा आइसियु र भेन्टिलेटर थपिएको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि प्रदेशभर २२ आइसियु र ९ वटा भेन्टिलेटर थपिएको हो ।

यसअघि प्रदेशभर भेन्टिलेटरको संख्या १७ थियो भने आइसियुको संख्या ४० रहेको थियो । यो सँगैै प्रदेश भर २६ वटा भेन्टिलेटर र ६२ वटा आइसियु पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बढ्दै गएको कोरोना संक्रमणको दर र बिरामीको संवेदनशीलता हेरेर भेन्टिलेटर र आइसियुको संख्या थप गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए ।

‘प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि उपकरणहरु थप गर्दै लगिएको छ,‘ मन्त्री रावल भन्छन्, ‘ भेन्टिलेटर र आइसियुकै अभावका कारण विरामीको मृत्यु नहोस भन्नका लागि भेन्टिलेटर र आसियु थप गरिएको हो ।’  यो सँगै अब कर्णाली प्रदेशका १० वटै जिल्ला अस्पतालमा भेन्टिलेटर र आइसियु सेवा उपलब्ध हुने भएको छ ।

कहाँ कति आइसियु र भेन्टिलेटर

जिल्ला अस्पताल दैलेखमा २ भेन्टिलेटर र ५ आइसियु संख्या छ भने जिल्ला अस्पताल जाजरकोटमा १ भेन्टिलेटर २ आइसियु रहेको छ । यसैगरी जिल्ला अस्पताल सल्यानमा १ भेन्टिलेटर र २ आसियु, जिल्ला अस्पताल रुकुम पश्चिममा १ भेन्टिलेटर र २ आइसियु, जिल्ला अस्पताल हुम्लामा २ भेन्टिलेटर र ५ आइसियु, जिल्ला अस्पताल मुगुमा १ भेन्टिलेटर र २ आइसियु, जिल्ला अस्पताल कालिकोट २ भेन्टिलेटर ५ आइसियु सख्या रहेको छ ।

यस्तै, प्रदेश अस्पताल सुर्खेतमा १० भेन्टिलेटर र २५ आइसियु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ भन्टिलेटर १० आइसियु, चौहरजहारी अस्पताल रुकुम पश्चिममा ४ वटा आइसियु रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश अस्पतालको आइसियुमा राखेर हालसम्म ६ जना कोभिड–१९ का बिरामीलाई उपचार गरिएको प्रदेश अस्पतालका डाक्टर प्रदिप न्यौपानेले बताए ।

उनका अनुसार उपचारका क्रममा एकजनाको मृत्यु भयो भने ५ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् । कर्णाली प्रइदेशमा हालसम्म कोरोना संक्रमितलाई भेन्टिलेटरमा भने राख्न परेको छैन ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ