२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपूर्व राज्यमन्त्री कुवँर र नगरप्रमुख सेजुवाललाई कोरोना संक्रमण

पूर्व राज्यमन्त्री कुवँर र नगरप्रमुख सेजुवाललाई कोरोना संक्रमण


जुम्ला—पूर्व राज्यमन्त्री तथा नेकपा नेता गोमा कुँवर र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । पूर्व राज्यमन्त्री तथा नेकपा नेता कुँवर र नगरप्रमुख सेजुवालको शुक्रबार स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा शनिबार दुवै जनालाई कोरोना संक्रमण देखिएको हो ।

पूर्व राज्यमन्त्री कुँवरले भनिन्, ‘उच्च ज्वरो आउँदा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।’ सम्पर्कमा रहेकालाई सचेत रहन उनले आग्रह पनि गरेकी छन् ।

नगरप्रमुख सेजुवालले आफूलाई कोरोना संक्रमण देखिएपनि अहिले कुनै पनि लक्षण नदेखिएको बताइन् । संक्रमणबाट छिट्टै मुक्त भएर नागरिकका दैनिक काममा फर्किने विश्वास लिएको उनले बताइन् ।

यसअघि कर्णाली प्रदेश सांसद दिनबन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य संघ जुम्ला अध्यक्ष रजवअलि मनियार, क्षेत्रीय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिका भगवती श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो जुम्ला निर्देशक टेक रावतलाई कोरोना संक्रमण भएको थियो । उनीहरु सवै जना कोरोना सक्रमणमुक्त भइसकेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ