२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्मचारीलाई कोरोना संक्रमण भएपछि पेस नेपालको कार्यालय बन्द

कर्मचारीलाई कोरोना संक्रमण भएपछि पेस नेपालको कार्यालय बन्द


जुम्ला– साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाका एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमण देखिपछि एक साता कार्यालय बन्द गरिएको छ । मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको हो ।

पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेका अनुसार कर्मचारीलाई कोरोना संक्रमण देखिएको एक साता कार्यालय बन्द गरिएको हो । उनले भने ‘संक्रमति कर्मचारीसँग सम्र्पकमा रहेका अन्य कर्मचारी र सर्वसाधारण व्यक्ति सचेत र सुरक्षित रहनु होला ।’

पेस नेपाल एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थानीय तहसँग समन्वय र सहकार्य गरी कृषि, विकास निर्माण, आयआर्जन लगायतका क्षेत्रमा एक दशकदेखि जुम्ला, मुगु र कालिकोट जिल्लामा काम गर्दै आएको छ ।

जुम्लामा बुधबारसम्म ४७ जना सक्रिय संक्रमित रहेका छन् । गएको चैतदेखि कार्तिक पहिलो सातासम्म ३ सय ११ जना कोरोना संक्रमित भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । त्यसैगरी २ सय ६४ जना संक्रमित निको भई घर फिर्ता भएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ