२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको भवन उद्घाटन

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको भवन उद्घाटन


सुर्खेत– जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनी र सामाजिक विकास मन्त्री दल रावल, कर्णाली स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काको उपस्थितीमा भवनको उद्घाटन भएको हो ।

संघीय सरकार मार्फत विनियोजित रकमबाट भवन डिभिजन कार्यालय जुम्लाले सो कार्यालय निर्माण गरेको थियो । उक्त भवन २ करोड ९७ लाख ९१ हजार रुपैयाँ लागतमा निर्माण भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै, कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताए ।

यस्तै स्वास्थ्य संरचना र स्वास्थ्यको जनशक्तिले निकै पछि रहेको कर्णाली प्रदेशमा आफ्नो दुई वर्षको कार्यकालमा निकै अगाडी बढ्नुका साथै संघ सरकारले प्रशंसा समेत गरेको सामाजिक विकास मन्त्री दल रावलले बताए । अबको थप दुई वर्षमा हुम्लालाई २५ शैय्याको अस्पतालबाट ५० शैय्याको अस्पतालमा रुपान्तरण गर्ने मन्त्री रावलले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ