२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु


सुर्खेत—कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखका कोरोना संक्रमित एक वृद्धको सुर्खेतमा मृत्यु भएको हो । गुराँस गाउँपालिका–५ का ८७ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा बिहीवार विहान मृत्यु भएको हो ।

कोभिड–१९ अस्पतालमा मंसिर १५ गते भर्ना गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

बुधबारदेखि उनको रगतमा चिनीको मात्रा उच्च भएपछि इन्सुलीनबाट उपचार सुरु गरिएपनि अवस्था जटिल बन्दै गएपछि आज विहान ८ बजे मृत्यु भएको कँडेलले बताए ।

उनको शव व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलको भनाइ छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ