२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको यातायात व्यवस्था कार्यालय सिल

जुम्लाको यातायात व्यवस्था कार्यालय सिल


जुम्ला-यातायात व्यवस्था सेवा कार्यालय जुम्ला तीन दिनका लागि सिल गरिएको छ । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षण गर्दा एक जना कर्मचारीमा संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो ।

यातायात व्यवस्था कार्यालयका नायब सुव्बा लोकबहादुर महतका अनुसार कार्यालयका सबै कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गर्नका लागि शुक्रबारदेखि आइतबारसम्म कार्यालय सिल गरिएको हो ।

जुम्लामा ११ हजार ५४८ को कोरोना परीक्षणमा ४५५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४४० जना निको भएका छन् भने अझै १५ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ