२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा २०२ जनाले लगाए कोभिड भ्याक्सिन

जुम्लामा २०२ जनाले लगाए कोभिड भ्याक्सिन


जुम्ला – जुम्लामा दुईदिनमा २ सय २ जनाले कोरोनविरुद्धको खोप प्राप्त गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको खोप केन्द्रमा माघ १४ र १५ गते गरी २ सय २ जना स्वास्थ्यकर्मी र सरसफाईकर्मीले खोप प्राप्त गरेको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए ।

उनका अनुसार खोप लगाउनेमा ८९ जना महिला र १ सय १३ जना पुरुष रहेका छन् । गाउँ तथा नगरपालिकामा खोप केन्द्र स्थापना गरी शुक्रबारदेखि हिमा, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा खोप सञ्चालन भइरहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।

चन्दननाथ नगरपालिका ५१० जना, पातारासी ११५ जना, गुठीचौर ८४ जना, कनकासुन्दरी १५२ जना, सिंजा १०० जना, हिमा १४३ जना, तिला ११८ जना, तातोपानी गाउँपालिका ११४ जना र ६३ जना गरी थप १ हजार ४ सय जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ