२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभिडभाड बढेसँगै कोभिड जोखिम पनि बढ्यो

भिडभाड बढेसँगै कोभिड जोखिम पनि बढ्यो


जुम्ला – तातोपानी गाउँपालिका १ बाइराका गाउँका ५८ वर्षीय एक पुरुषको कोभिड संक्रमणका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको कोभिड वाडमा शुक्रबार मृत्यु भयो । संक्रमणले ग्रस्त भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

उनीसहित जुम्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । संक्रमण मृत्यु हुने बढी जेष्ठ नागरिक रहेका छन् ।

यस्तै संक्रमणका कारण बाहिर जिल्लाका जुम्ला अस्पतालमा उपचारका क्रममा पाँचको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

पछिल्लो समयमा कोरोना माहामारीलाई बेवास्ता गर्दै अत्यधिक रुपमा भिडभाड बढ्दै गएको छ । विद्यालय सञ्चालन देखि राजनीतिक दलका भेला सम्मेलन, खेलकुद सञ्चालन, बजार क्षेत्रमा भिडभाड हुने गरेको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएर भिडभाड बढ्दै गएपछि कोरोना संक्रमणको पनि जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई भन्छन्, ‘जुम्लाको कोरोना संक्रमणको दर ओरालो लागेको अवस्था थिए । तर, पछिल्लो समय भिडभाड बढ्दै गएपछि जोखिम बढेको छ ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने भन्दै आएपनि बेवास्ता गर्दा संक्रमण जोखिम बढेको उनको भनाई छ ।

जुम्लामा संक्रमति हुनेको संख्या एक हजार ८०५ पुगेको छ । संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार ७१८ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांक उल्लेख गरेको छ । अहिले संक्रिय संक्रमितको संख्या ७४ रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कोभिड अस्पतालमा ९ जना र ६५ जना होम आइसोलेसनमा रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ