२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९ प्रभावित २५० बढी परिवारलाई राहत

कोभिड-१९ प्रभावित २५० बढी परिवारलाई राहत


जुम्ला— जुम्लाको चन्दननाथ नगरपालिकामा विपन्न तथा अपांगता भएका व्यक्तिलाई राहत वितरण गरिएको छ । चन्दननाथ नगरपालिका भित्रका १० वटै वडाका २५० जना विपन्न परिवारलाई राहत वितरण गरिने लक्ष्यअनुसार आइतबार र सोमबार दुई दिनमा एक सय २५ जनालाई राहत वितरण गरिएको हो ।

अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धितालका अनुसार प्रति व्यक्तिलाई ६० किलो चामल, सिमीको दाल १५ किलो, खाने तेल पाँच लिटर, नून एक किलो, जिरा एक प्याकेट, चिनी ४ किलो, खुर्सानी एक प्याकेट, वेसार एक प्याकेट र सावुन दुई चक्की वितरण गरिएको छ । बाँकी घर परिवारलाई राहत वितरणको तयारी गरिएको छ ।

स्थानीय सरकार चन्दननाथ नगरपालिकाको समन्वयमा राहत वितरण गरिएको हो । सिविएम नेपालको सहयोगमा आईएनएफ नेपालले राष्ट्रिय अपांग महासंघ नेपालसँग साँझेदारी गर्दै कोभिड—१९ प्रभावित विपन्न व्यक्तिलाई सकस भएको भन्दै राहत हुने तरिकाले राहत वितरण गरिएको आईएन एफ नेपाल जुम्ला समावेशी कोभिड—१९ तयारी तथा प्रतिकार्य योजनाका कार्यक्रम संयोजक फालुराम चौधरीले जानकारी दिए ।

उनका अनुसार परियोजनाअन्तर्गत चन्दननाथमा २५० जना राहत वितरण गएको छ भने कनकासुन्दरीमा २५० जना विपन्न व्यक्तिलाई राहत बितरण गर्ने तयारी गरिएको छ । राहत वितरणमा कोभिड—१९ प्रभावित विपन्न व्यक्तिलाई प्रथामिकता दिइएको छ । दुवै स्थानीय तहमा करिब एक करोड २९ लाखको राहत कार्यक्रम रहेको बताइएको छ । उनीहरुलाई लाभग्राही कार्ड समेत वितरण गरिएको छ । त्यो कार्डले अर्को पटक राहत दिन पनि सजिलो हुनेछ ।

दसै नजिकिनै लागेको बेलामा ठूलो मात्रामा राहत पाएपछि विपन्न नागरिकलाई सहज भएको छ । चन्दननाथ नगरपालिका ४ का सम्झाना सार्कीले दसैमा कसरी खाने भन्ने चिन्ता केही मात्रामा टरेको बताइन् । वडा नम्बर ४ का धनमल सार्कीले यति धेरै राहत पाएकोमा खुशी व्यक्ति गरे । उनी अपांगता भएका व्यक्ति पनि हुन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ