गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ बाँकेमा कार र बस ठोक्किदा डा. सन्जु खड्काको निधन बाँकेमा कार र बस ठोक्किदा डा. सन्जु खड्काको निधन हेल्थ आवाज मंगलबार, २०८० जेठ १६ गते, २१:११ मा प्रकाशित वीरेन्द्रनगर-बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवाखोला नजिकै पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो। प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरका अनुसार दुर्घटनामा सख्त घाइते भएका डा. सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक डा. सन्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी हुन् । सन्जुका पति डा. डम्बर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक छन् । बसमा यात्रारत ६ यात्रु सामान्य घाइते रहेको राठौरको भनाइ छ । ५३ वर्षीया डा.खड्काले रसियाबाट मेडिकल एजुकेशन अध्ययन गरेकी हुन् । केही समय मेडिकल प्रायाक्टिस गरेकी उनी पछिल्लो समय समाजसेवा र व्यवसायमा संलग्न थिइन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निमोनियाले के गर्छ ? रौतहटमा एकैदिन ९० जना कोरोना संक्रमित, प्रदेश २ मा १ सय ७ जना संक्रमित थप निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निमोनियाले के गर्छ ? रौतहटमा एकैदिन ९० जना कोरोना संक्रमित, प्रदेश २ मा १ सय ७ जना संक्रमित थप निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति