२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपचारमै जायजेथा सकिएपछि सहयोगका लागि हात फैलाउँदैं हुम्लाका एक दम्पत्ती

उपचारमै जायजेथा सकिएपछि सहयोगका लागि हात फैलाउँदैं हुम्लाका एक दम्पत्ती


वीरेन्द्रनगर— उपचार गर्दा जायजेथा सकिएको र थप उपचार गर्न रकम अभाव भएपछि हुम्लाका एक परिवारले सहयोगको याचना गरेको छ । सर्केगाड गाउँपालिका—८ हुम्लाका जगत विश्वकर्माले फोक्सो, मिर्गौलालगायतको रोगको थप उपचार गर्न रकम नभएपछि सहयोगको याचना गरेका हुन् ।

सुर्खेतमा उनले वि.सं. ०७३ सालदेखि उपचार गर्दा भएभरको जायजेथा सकिएको र मागेको रकम पनि सकिएपछि अहिले थप उपचार गर्न रकम अभाव भएको बताए । उनले थप उपचारका लागि रकम अभाव हुँदा अहिले सहयोगको लागि भौंतारिरहेको जनाए ।

जगतकी श्रीमती देवीसराले वि.सं. ०७३ सालमा जगतमा सुरूमा उच्च रक्तचाप देखिएको र त्यसपछि उपचार गराउँदा रोगको पहिचान नहुँदा उपचारमा धेरै रकम खर्च भएको बताए ।

जगतले काठमाडौंका दर्जनौं अस्पतालमा उपचार गर्दा भएभरको रकम सकिएको बताए । ‘फोक्सोमा पानी भरिएको, मिर्गौला, कलेजोमा असर परेको, खुट्टा र पेट फुलेको हुँदा थप उपचारका लागि चाहिने रकम नभएपछि अहिले सामाजिक विकास मन्त्रालयलगायतका ठाउँमा सहयोगको माग गर्दै हिडेको छु,’ उनले भने, ‘नेपाललगायत भारतको लखनऊसमेत उपचार गर्दा हालसम्म करिब ४५ लाख रकम सकिएपनि निको हुन नसकेको छैन् ।’

भएको जग्गाजमिन, मागेको सहयोग सबै सकिएको उनले बताए । अहिले थप उपचारका लागि रकमको आवश्यकता पर्ने भएकोले सहयोग गर्न इच्छुक महानुभावहरुसँग उनले सहयोगको याचना गरेका छन् ।

सहयोगको लागि नविल बैंकमा जगत विश्वकर्माको नाममा रहेको खाता नं ०४१००१७५१४०२७ मा सम्पर्क गर्न सकिनेछ । यसका साथै जगतका श्रीमती देवीसरा विश्वकर्मा वा उहाँको मोबाइल नम्बर ९८४८१९३६२१ मा पनि सम्पर्क गर्न सकिनेछ । जगत तथा देवीसराले आफ्नो उपचारमा सहयोग गरिदिनु हुन आग्रह गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ