२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतातोपानी गाउँपालिकामा पोषण सुरक्षा केन्द्र सञ्चालन

तातोपानी गाउँपालिकामा पोषण सुरक्षा केन्द्र सञ्चालन


जुम्ला— जुम्लाको तातोपानी गाउँपालिकामा पोषण सुरक्षा केन्द्र सञ्चालन आएपछि कुपोषित बालबालिका भर्ना हुन थालेका छन् । कुपोषित बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले पालिकाको मुकाम लिताकोटमा पोषण सुरक्षा केन्द्र सञ्चालन गरिएको हो ।

केन्द्रका अध्यक्ष परिनन्द गिरीले ७ फागुनदेखि पोषण सुरक्षा केन्द्र्र सञ्चालनमा ल्याइएको बताए । ‘पालिका भित्रका बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने ।

पोषण सुरक्षा केन्द्र सञ्चालनमा आमासहित २५ जना बालबालिकालाई भर्ना गरेरै पोषणमा सुधार ल्याइएको अध्यक्ष गिरीले बताए । तातोपानी गाउँपालिकाको जनतासँग उपाध्यक्ष कार्यक्रमको पाँच लाख रुपैयाँ बजेट सहयोग भएको छ । खर्च व्यवस्थापनमा पहिला बच्चाको मात्रै लेखाजोखा गरेका थियौं,’ उनले भने, ‘बच्चासँगै आमा पनि अनिवार्य बस्नुपर्ने भएकोले खर्च व्यवस्थापनमा समस्या देखिएको छ ।’

बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि डब्लुएचओको मापदण्डअनुसार बच्चाको खानपानमा ध्यान दिनुपर्ने स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए ।

बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि तातोपानी गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष रेवती रावलले बताइन् । ‘गाउँघरमा बाल बच्चाको खानपानमा ध्यान दिने गरिएको पाइदंैन् । जसका कारण बालबालिकालाई कडा कुपोषण हुने गरेको छ,’ उनले भनिन्, ‘यस्तै, समस्यालाई मध्यनजर गर्दै जनतासँग उपाध्यक्ष कार्यक्रमको पाँच लाख रुपैयाँ बजेट सहयोग गरेर पोषण सुरक्षा केन्द्र सञ्चालनमा ल्याइएको हो ।’

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार पोषण सुरक्षा केन्द्र सञ्चालनमा आएदेखि २५ जना आमा र बच्चाले सेवा लिएको देखिन्छ । ‘पालिकाले बजेट पनि खर्च गरेको छ । अहिले सुरुवात गरेको छौं,’ उनले भने, ‘काम गरेपछि परिवर्तन देखिनु पर्दछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ