२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचौरजहारी नगरपालिकाले नगरवासीको स्वास्थ्य परीक्षण गर्ने

चौरजहारी नगरपालिकाले नगरवासीको स्वास्थ्य परीक्षण गर्ने


वीरेन्द्रनगर—रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ५५ वर्षमाथिका सबै नागरिकहरूको स्वास्थ्य अवस्था परीक्षण गर्ने भएको छ । दीर्घ रोगको अवस्था पहिचान र उपचार गर्न स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

नगरपालिका क्षेत्रभित्रका ५५ वर्षमाथिका उमेर समूहका ३ हजार ३८७ जना नागरिकको स्वास्थ्य अवस्था परीक्षणको तयारी गरिएको छ । मधुमेह, मिर्गौलासम्बन्धी समस्या पहिचानको लागि पिसाब जाँच, मुटु रोग, दम आदिको अवस्थाबारे परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्थाका साथै टोलहरूमा २६ चैत २०८० देखि ४ वैशाख २०८१ भित्र जाँच शिविर सञ्चालन हुनेछ । प्रत्येक वडामा तीन दिनका दरले शिविर सञ्चालन गर्ने कार्यतालिका निर्धारण गरिएको र पहिलो र दोस्रो दिन समुदायस्तरमा स्वास्थ्य परीक्षण गरिने नगरपालिकाले जनाएको छ । अन्तिम दिन छुटेकाहरूलाई समेटने गरी प्रत्येक स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरिनेछ ।

जाँच गर्ने तरिका, नमुना परिक्षण, अभिलेख व्यवस्थापन र परामर्शका विषयमा स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षणसमेत गरिएको हो ।

स्वास्थ्य परीक्षणका लागि ग्लुको मिटर, सुगर किड, युरिन पट, युरिन किड लगायतका सामग्रीहरू स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको र चौरजहारी नगरपालिकाअन्तगर्गतका स्वास्थ्य संस्थाका ४६ जनाको स्वास्थ्यकर्मी परिचालन गरिने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य परीक्षण शिविरले दीर्घ रोगको अवस्था पहिचान गरी नियन्त्रण गर्ने सहयोग पुग्नेछ । स्वास्थ्य सेवाको पहुँच घर दैलोसम्म पुर्‍याउन तथा स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वनयमा टेवा पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ