२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका ७६ प्रतिशत नागरिकको स्वास्थ्य बीमा

जुम्लाका ७६ प्रतिशत नागरिकको स्वास्थ्य बीमा


जुम्ला—जुम्लाका ७६ दशमलव ३९ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १८ हजार ३४९ मध्ये यहाँका ८ वटा स्थानीय तहका ९० हजार ४११ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

अझै २७ हजार ९३८ जना नागरिक स्वास्थ्य बीमा पहुँचभन्दा बाहिर रहेको तथ्यांक छ । जसमध्ये ४५ हजार ७२४ महिला र ४४ हजार ६८७ जना पुरुष स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका प्रमुख प्रेम भण्डारीले बताए । ‘जिल्लाका ११ हजार ६४८ घरपरिवार बीमामा आबद्ध भएका छन्,’ उनले भने, ‘वि.सं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा सुरु भएको हो ।’

अहिले बीमा सहजकर्ता घर–घरमा गएर बीमाको विषयमा सचेतना बढाएपछि जुम्लामा स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको संख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताए । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पु¥याउनका लागि स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ । सरकारले अपांगता भएका, अशक्त, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अति गरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ ।

अन्यको हकमा शुल्क लिएर एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह–भुक्तानी प्रणाली लागु गरेको छ । सरकारले वि.सं २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ