२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशखोप प्रवर्द्धन कार्यक्रममा सिंजा गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट

खोप प्रवर्द्धन कार्यक्रममा सिंजा गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट


जुम्ला—जिल्लास्तरीय खोप तथा सरसफाइ प्रवर्द्धन कार्यक्रममा सिंजा गाउँपालिका सर्वोत्कृष्ट भएको छ । हिमा गाउँपालिका उत्कृष्ट भएको छ ।
दुई पालिका आर्थिक वर्ष ०७९/८० सर्वोत्कृष्ट र उत्कृष्ट हुन सफल भएका हुन । बुधबार जनस्वास्थ्य सेवा कार्यालयले खलंगामा एक कार्यक्रमबीच सिंजा र हिमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र दिसहित सम्मान गरेको हो ।

यस्तै, जुम्लाका ७ स्थानीय तहका एक/एक जना उत्कृष्ट खोप कार्यकर्तालाई पुरस्कृत गरिएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाका अनुसार सेसन सञ्चालन नियमित र प्रभावकारी गरेको, खोप सेसन सञ्चालन संख्या उच्च रहेको, छुट खोप बच्चाको पहिचान गरेको र खोप पूरा गराएको संख्याजस्ता सुचक पुरा गरेको आधारमा उत्कृष्ट छनोट गरिएको हो ।

सरसफाई सेसन सञ्चालन गरेको संख्या, उक्त वडा पूर्ण खोप घोषणा भएको, सम्बन्धित वडाको खोप सुक्ष्म योजना तयार गरेको सबै खोपको प्रगति उच्च भएको, ड्रप आउटको दर कम भएको, खोप खेर जाने दर घटाउनमा निर्वाह गरेको भूमिका, स्थानीय तह खोप समन्वय समितिले निर्धारण गरेका खोप सम्बन्धि अन्य सूचकहरुको आधारमा पुरस्कृत गरिएको हो ।

निरन्तरको कामपछि सफलता मिलेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । उनले भने, ‘खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता कार्यक्रम र आधारभूत स्वास्थ्य सेवा स्थानीय सरकारको दायित्व रही आएकोले राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य उद्देश्य, रोग निवारण, नियन्त्रण र उन्मुलनको लागि स्थानीय सरकारको भूमिकाबारे जानकारी गरी अपनत्व विकास गर्नको लागि गरिएको परिकल्पना कार्यक्रममा उत्कृष्ट हुन पाउँदा खुसी लागेको छ ।’

खोप सेवामा संलग्न स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुको मनोबल उच्च बनाउनका र जवाफदेही बनाउनको लागि कार्यक्रम राखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ