२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका ७ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्लाका ७ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा


जुम्ला— जुम्लाका ८ स्थानीय तहमध्ये ७ पालिका पूर्ण खोप सुनिश्चिता घोषणा भएका छन् । चन्दननाथ नगरपालिका, सिंजा, तातोपानी, कनकासुन्दरी, पातारासी, हिमा र तिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएका हुन् ।

गुठीचौर गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा हुन बाँकी रहेको छ । सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाका अनुसार खोप उमेर समूह जन्मेदेखि १५ महिनाका २४१ बालबालिका पूर्णखोपको पहुँचमा पुगेका छन् ।

चन्दननाथ नगरपालिका भित्रका जन्मेदेखि २३ महिनाका ९ सय ५७ जना बालबालिकाले पूर्णखोप लगाएर सुनिश्चित भएकाले पूर्ण खोेप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगीले बताए ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाकाअनुसार खोप कार्यक्रम नेपाल सरकारको वार्षिक कार्यक्रम हो । उनकाअनुसार ती पालिका भर कुनै पनि खोप उमेर समुहका बालबालिकालाई नछुटाई पूर्ण खोप पाएपछि खोप सुनिश्चितता घोषणा गरिएको हो । सबै पालिका पूर्ण खोप सुनिश्चितता भइसकेपछि जिल्ला नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पातारासीलाई खोप सुनिश्चत तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको बताए । ‘पूर्ण खोप पाएका बालबालिकामा प्रतिरोधात्मक क्षमता वृद्धि भएको हुन्छ । जस कारण रोग लाग्दैन्,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ