२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रगत समूह पहिचान गर्न शिविर, १६८२ जनाको रगत परीक्षण

रगत समूह पहिचान गर्न शिविर, १६८२ जनाको रगत परीक्षण


जुम्ला—धेरैजसो नागरिकलाई आफ्नो रगत समूह कुन हो भन्ने थाहा हुँदैन । परीक्षण नै गरेका हुँदैनन् । कुनै घटनाm दुघर्टना हुँदा वा विरामी पर्दा थप रगतको अवश्यकता पर्दछ । त्यतिबेला बिरामीको रगत समूह नै पहिचान भएको हुँदैन् ।

त्यसपछि बल्ल बिरामीको रगत परीक्षण गरिन्छ । रगतको समूह पहिचान गरेर सोहीअनुसार आवश्यक थप रगत खोज्न थालिन्छ । त्यहीकारण तातोपानी गाउँपालिका–४ ले भने सबै नागरिकको रगत समूह पहिचान गर्नका लागि शिविर नै सञ्चालन गरेको छ । २३ देखि ३० बैशाखसम्म सञ्चालित शिविरमा १ हजार ६ सयभन्दा बढी नागरिकको रक्त समूह पहिचान गरिएको छ ।

वडा नं ४ मा रहेका ५ वटा गाउँ बस्ती, एक माध्यमिक र चार वटा आधारभूत विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय नागरिकसहित अन्य गरेर शिविरबाट एक हजार ६८२ जनाको रगत परीक्षण तथा रक्त समूह पहिचान गरिएको वडाध्यक्ष अमर बहादुर रोकायाले बताए ।

उनका अनुसार रगत परीक्षणसँगै सुगर, प्रेसर जाँचसमेत गरिएको थियो । जसमा दुर्गा माबि लाम्राका १५० जना बिद्यार्थी सहित एैरेनीका स्थानीयले पनि सेवा लिएका छन् ।

संकलन गरिएका सबै नागरिकहरुको रक्त समूहको तथ्यांक संकलन पश्चात रक्त समूह डायरी तयार गरी सबै घरधुरीमा एक—एक प्रति उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष रोकायाले जानकारी दिए । केही दिन रक्त समूह डायरी प्रकाशन गर्ने तयारी गरिएको छ ।

गाउँ वस्तीमा खटिएर सहयोग गर्ने ल्याब् टेक्निसियनहरु, स्वास्थ्य चौकी हाकु, महिला स्वास्थ्य स्वयंसेविका, वडा कर्मचारी र सरोकारवाला सबैको सहयोगले शिविर सफल भएको वडा सचिव टिकादत्त न्यौपानेले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ