२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बिरामीको पहिलो टेष्टमा कोरोना ‘नेगेटिभ’

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बिरामीको पहिलो टेष्टमा कोरोना ‘नेगेटिभ’


काठमाडौं–बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसन मृत्यु भएका ३४ वर्षीय बिरामीको पहिलो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पहिलो टेष्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो ।

मृतक बिरामी उच्च शंकास्पद भएकाले उनको स्वाब दोस्रो पटक परीक्षण थालिएको छ । ‘पुनः परीक्षण गर्दा ९९ प्रतिशत रिपोर्ट पहिलेकै आउँछ,’ प्रयोगशाला स्रोतले भन्यो, ‘१ प्रतिशत मात्रै पहिलेको रिपोर्ट परिवर्तन हुने सम्भावना रहन्छ ।’

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बिरामीको दोस्रो टेष्टमा पनि कोरोना ‘नेगेटिभ’

अस्पतालको आइसोलेसन वार्डमा चार दिनदेखि उपचार गराइरहेका पाल्पा घर भई रूपन्देहीको सैनामैना नगरपालिकामा बस्दै आएका ती युवकको आइतबार मृत्यु भएको थियो । उनका छिमेकीका अनुसार उनी दुबईमा ट्याक्सी चालक थिए । उनी चैत ६ गते दुबईबाट काठमाडौं आएका थिए ।

काठमाडौंबाट बस चढेर चैत ७ गते परिवारको सम्पर्कमा आए । चैत १० गतेदेखि उनलाई ज्वरो र खोकी लाग्न थालेपछि स्थानीयकै सल्लाहमा चैत ११ गते स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए । सुरुमा टाइफाइडको औषधि खाए । निको नभएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

दुबईबाट फर्केका कारण उनलाई कोरोना भएको हुन सक्ने शंका गरिएको थियो । अबको केही घण्टामै उनको दोस्रो रिपोर्ट आउनेछ प्रयोगशाला स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ