२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ को प्रभाव मानिसक स्वास्थ्यमा

कोभिड-१९ को प्रभाव मानिसक स्वास्थ्यमा


कोरोना भाइरस (कोभिड १९) महामारीले विश्वव्यापी रूपमा विनाश गरेको छ। कयौं देशसँगै नेपाल पनि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । किनकि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । जसले हाम्रो मानसिक स्वास्थ्य प्रणालीको लागि पनि असर गरिरहेको पाइन्छ ।

यसैले, मानसिक स्वास्थ्य सेवाहरूको मद्दत लिन सक्ने मानसिक पीडित व्यक्तिहरूको संख्या (कोभिड १९) महामारीको सन्दर्भमा बढ्दै जाने देखिएकोे लगनखेलस्थित मानसिक अस्पतालका मनोरोग विशेषज्ञ डा अनन्त अधिकारी बताउँछन ।

डिप्रेसन र चिन्ता जस्ता विभिन्न मनोवैज्ञानिक समस्याहरूले विश्वभरिका मानिसहरुको जीवन र शारीरिक स्वास्थ्यलाई गम्भीर खतरा निम्त्याएको छ। महामारीले उत्पन्न समस्याहरू कम गर्न, विभिन्न सार्वजनिक स्वास्थ्य रणनीतिहरू जस्तै संक्रमित वा जोखिममा भएका व्यक्तिहरूको सामाजिक सम्पर्क घटाउने र बारम्बार हात धुने जस्ता साधारण सरसफाइलाई संक्रमणको जोखिम कम गर्न सल्लाह दिइएको छ। विशेष गरी सामाजिक दूरी पार गरेर भाइरस बिरूद्ध यो युद्धमा योगदान र्पुयाउनुपर्ने अवस्था रहेको मनोरोग विशेषज्ञ डा अधिकारी बताउँछन ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले तत्काललाई विपत्तिका रुपमा सृजना गरेको छ नै सँगसँगै मानिसहरुमा रोग लाग्ला कि भन्ने तनाव उत्पन्न भइरहेको पाइएको उनको भनाइ छ। सामान्य रुघाखोकी लाग्ने बित्तिकै कोरोना भाइरस नै हो कि भन्ने ‘एन्जाइटी’ भइरहेको डा अधिकारीको भनाइ छ ।

पहिलोपटक घर परिवार बाहेक अन्य मानिसहरुको सम्पर्कमा नआएर घर भित्रै बस्न पर्दा मानिसहरुमा मनोवैज्ञानिक रुपमा बेचैनी वा विचलन जस्तो भइरहेको उनको भनाई छ । मानिसहरु घर भित्रै बसिरहँदा उकुसमुकुस भइरहेका छन्। यसले गर्दा मानिसको मानसिक स्वास्थ्यमा असर पारिरहेको उनि बताउछन् । ‘पहिला मानसिक अस्पतालमा दैनिक १ सय ५० देखि २ सयसम्म विरामीहरु उपचारका लागि आउथे भने अहिले दैनिक रुपमा करिब ४० जनाको हाराहारीमा आउने गरेका छन् । लकडाउनका कारण अस्पतालमै बिरामि आउन नसके पनि दैनिक रुपमा २० भन्दा बढिले फोनबाट मनोपरामर्श लिनेगरेको डा अधिकारीको भनाई छ ।

यसका साथै कोरोना भाइरसका कारण कर्णालीमा पनी नागरिकहरु त्रसित भएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल शाखा कार्यालय, सुर्खेतका मनोविद राजेश कुमार झाका अनुसार लकडाउन थपिनु, संक्रमितको सख्या बढ्दैजानु र कोरोना भाइरसकै कारण बिश्वमा धेरै मानिसहरुको मृत्यू भएको खबरले पनि मानिसहरुमा भय को स्थर बढेको हो । बिशेष गरी बालबालिका, ब्यापारी, गर्भवती, सुत्केरी, पहिलेदेखि मानसिक स्वास्थ्यको समस्या भएका, घर भित्रै हिंसामा परेका, रोजगारी गुमाएका लगाएत धेरै नागरीकहरु डर, तनाव, छटपटि, अनिन्द्रा जस्ता बिभिन्न मानसिक समस्याका लक्षणहरु सहित परामर्शका लागि सम्पर्कमा आउने गरेको मनोबिद झाको भनाइ छ।

लकडाउन पछिमात्रै सुर्खेतको बराहताल, भेरीगंगा, सिम्ता, लेकवेशी, गुर्भाकोट, पंचपुरी, चिंङ्गाड गाउपालिका तथा दैलेखको दुल्लु र नारायण नगरपालिका वाट ५सय ५४ जना ब्यक्तिहरुले फोन मार्फत मनोपरामर्श लिएका छन् । त्यसैगरी विभिन्न स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पताल, मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल र मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुवाट २ सय २८ जना मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुले नियमित उपचार तथा औषधि गराइरहेका मनोविद झाको भनाई छ ।

मानसिक रुपमा सवल हुन ध्यान दिनु पर्ने कुराहरु?

मानिसहरु घर बसेर अत्याधिक मात्रामा सामाजिक संजाल चलाइरहेकाले पनि उनीहरुमा नराम्रो असर परिरहेको मनोरोग विशेषज्ञ डा. अनन्त अधिकारी बताउछन्। यसका साथै कतिपय मिडियाले त्रास फैलाउने खालका सुचनाहरु प्रबाह गरिरहेकाले विश्वासनिय मिडियाको मात्र प्रयोग गर्नुपर्ने उनको भनाई छ । विश्व स्वास्थ्य संगठनले भने जस्तै दुरी कायम गर्ने, बेला बेला साबुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने गर्नु पर्छ । घरमा बसेर आफ्ना रुचिका कुराहरु गर्ने र मादक पद्धार्थको सेवन नगर्ने । यसका साथै आफूले प्रयोग गरिरहेका औषधीहरु निरन्तर रुपमा प्रयोग गरे यसबाट बच्न सकिने मनोरोग विशेषज्ञ डा अधिकारीको सुझाव छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ