२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशवेदकोटमा नगर अस्पतालको लागि १५ करोड बजेट विनियोजन

वेदकोटमा नगर अस्पतालको लागि १५ करोड बजेट विनियोजन


धनगढी-कञ्चनपुरको वेदकोट नगरपालिकाले संघीय सरकारबाट २६ करोड १३ लाख ६० हजार बजेट प्राप्त गरेको छ । नगरपालिकाका विभिन्न योजना कार्यान्वयका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट उक्त रकम प्राप्त गरेको नगर प्रमुख अशोककुमार चन्दले बताए ।

उनका अनुसार चाुल आर्थिक वर्षबाटै कार्यान्वयन गर्ने गरि नगरपालिकाले माग गरेका योजनाका आधारमा विशेष र समपूरक अनुदानमार्फत बजेट विनियोजन भएको हो । विनियोजित बजेटमा नगर गौरवको योजनाहरुलाई प्राथमीकता दिइएको नगर प्रमुख चन्दले बताए । वेदकोटको नगर गौरवको आयोजना रुपमा रहेको ५० शैय्याको नगर अस्पताललाई १५ करोड बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले प्राथमिकताकासाथ अगाडि बढाएको उक्त योजनाले ठूलो बजेट पाएपछि नगर अस्पताल बन्ने पक्का भएको हो । नगर अस्पताललाई नगर गौरवको योजनाका रुपमा अगाडि बढाइएको बताउँदै नगर प्रमुख चन्दले भने, ‘अस्पताल निर्माणका लागि बजेट प्राप्त भएको छ, अब टेन्डर प्रक्रियामार्फत योजना निर्माण सम्झौता गरी चालु आर्थिक वर्षबाट काम सुरु हुन्छ ।’

यसअघि नै नगर अस्पताल निर्माणका लागि डिपिआर निर्माण गरी जग्गासमेत अधिग्रहण गरिसकेको नगरपालिकाले विभिन्न स्रोतबाट बजेट जुटाउन प्रयासरत थियो । अस्पताल निर्माणपछि जिल्लावासीलाई नै स्वास्थ्य उपचारका लागि सहज हुने अपेक्षा गरिएको छ ।

नगर अस्पताललाई नगर गौरवको योजनाका रुपमा अगाडि बढाइएको बताउँदै नगर प्रमुख चन्दले भने, ‘अस्ताताल निर्माणका लागि बजेट प्राप्त भएको छ, अब टेन्डर प्रक्रियामार्फत योजना निर्माण सम्झौता गरी चालु आर्थिक वर्षबाट काम सुरु हुन्छ ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ