२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमाथिल्लो कर्णालीका चार जिल्लामा कोरोना संक्रमित शुन्य

माथिल्लो कर्णालीका चार जिल्लामा कोरोना संक्रमित शुन्य


जुम्ला—कर्णाली प्रदेशका चार जिल्ला कोरोना सक्रिय कोरोना संक्रमितको संख्या शुन्य भएको छ । कर्णालीका १० जिल्लामध्ये कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोना संक्रमणमुक्त भएका हुन् ।

कालिकोट एक सय, हुम्ला ९, मुगु १३ र डोल्पा ५ जनामा कोरोना संक्रमण देखिएको र ती सबैमा कोरोना संक्रमण निको भएर घर फर्किसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुुर शाहीले बताए ।

‘कर्णालीका चार जिल्लामा कोरोना पछिल्लो समय कोरोना संक्रमणको पुष्टि भएको छैन्,’ उनले भने, ‘ती जिल्लाहरु कोरोना संक्रमणमुक्त भएका छन् ।’

प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ९ सय १४ रहेको र त्यसमध्ये संक्रमण निको हुनेको संख्या २ हजार ६ सय ५ रहेको महाशाखाका प्रमुख शाहीले बताए ।

कोरोनाका हाल सक्रिय बिरामीमध्ये सुर्खेतका सबैभन्दा बढी होम आइसोलेसनमा बसेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सक्रिय संक्रमित ३ सय ३ जनामध्ये सुर्खेतमा १ सय ४ जना होम आइसोलेसनमा बसेका छन् ।

महाशाखाका अनुसार कोरोनाका सक्रिय संक्रमितमध्ये सुर्खेतमा १ सय ८२ जना, सल्यानमा ३९ जना, दैलेखमा १८ जना, रुकुमपश्चिममा ९ जना, जुम्ला ६ जना र जाजरकोटमा ४ जना रहेको महाशाखाले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ