२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपकुलपतिले अनियमित तवरले एकपछि अर्काे डिन नियुक्त गरेको भन्दैं कर्मचारी आन्दोलित

उपकुलपतिले अनियमित तवरले एकपछि अर्काे डिन नियुक्त गरेको भन्दैं कर्मचारी आन्दोलित


जुम्ला— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेको अनियमित तवरले एकपछि अर्को डिन नियुक्त गरेको भन्दैं कर्मचारी आन्दोलित भएका छन् । प्रतिष्ठानकै संगठित कर्मचारीहरुको छाता संगठन कर्मचारी कल्याकारी समाज जुम्लाले प्रेस विज्ञप्तिमार्फत लगातार एकपछि अर्को तीन वटा डिन नियुक्त गरेको भन्दैं आन्दोलनमा उत्रिएको छ ।

कर्मचारी कल्याणकारी समाज जुम्लाका अध्यक्ष रामकान्त उपाध्यायका अनुसार प्रतिष्ठानमा अहिले दुई जना डिन कामकाज नपाएर बसी रहेको परिस्थितिमा कोभिड—१९ को संक्रमणको अवस्थामा प्रतिष्ठानलाई आर्थिक भार बढेको बताए । यसैमा उपकुलपति वाग्ले पुनः २६ असोजमा काठमाडौं सम्पर्क कार्यालयबाटै प्रा.डा मुनीराज क्षेत्रीलाई अनियमित तवरले पब्लिक हेल्थ संकायको डिनमा नियुक्त गरिएको प्रति आपत्ति जनाएको हो ।

यस विषयमा विरोध गर्दै २४ घण्टा भित्र सो निर्णय फिर्ता लिन चेतावनी दिएका छन् । समाजले सो निर्णय उपकुलपतिले नसच्याएमा कडा आन्दोलन गर्नेसमेत बताएका छन् ।

कर्णाली प्रतिष्ठानमा अहिलेका तीन वटा डिनमध्ये पहिलो सरस्वती गौतम, दोस्रो प्राध्यापक डा. रेशमबहादुर राना भएको र २६ असोजमा जनस्वास्थ्य डिन पदमा प्राध्यापक डा. मुनिराज क्षेत्रीलाई नियुक्ति गरेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले सुरुमा ९ बैशाख २०७६ मा नर्सिङ डिन सरस्वती गौतमलाई नियुक्त गरेको हो । यसैगरी प्रतिष्ठानले मेडिसिन डिनमा प्रा.डा. रेशमबहादुर रानालाई नियुक्त गरिएका प्रतिष्ठान प्रशासनले जनाएको छ । कोभिड—१९ को समयमा दुई जना डिनलाई खासै काम नभएको समयमा अझै अर्का डिन नियुक्त गर्नु उपकुलपतिले पदावधि सकिनै लागेका बेला पदको दुरुपयोग गरेर राज्य कोष सिध्याउन आफ्ना मान्छे भर्ति केन्द्र बनाएको भन्दै कर्मचारी विरोध जनाएका हुन् । फागुन महिनामा उपकुलपति वाग्लेको पदावधि सकिदैंछ ।

तर, प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले भने प्रतिष्ठानलाई आवश्यक पर्ने जनशक्ति नियुक्त गरिएको भन्दैं आफ्नो निर्णयको बचाउ गरेका छन् । प्रतिष्ठानलाई फुलफेजमा लैजानका लागि नर्सिङ डिन एक जना, मेडिसिन डिन एक जना र पब्लिक हेल्थ डिन एक जना गरी तीन जना डिन नियुक्त गरिएको उनले बताए । उनले भने, ‘मेरो क्षेत्राधिकार भित्र पर्ने कार्यसम्पादन गरिएको छ । यसमा ऐन विपरित भएको छैन ।’ यसमा पदाधिकारीसँग सल्लाह भएर नियुक्त गरिएको छ र एकल निर्णय, ऐन नियमानुसार नै भएको उनले दाबी गरे । अहिले नियुक्त भएका डिन प्रोफेसर नै हुन् । उनको आगमनले प्रतिष्ठानलाई उपलब्धि नै हुने उनको भनाइ छ ।

प्रा.डा. वाग्लेले प्रतिष्ठानलाई अब पाँच सय वेडको अस्पताल विस्तार गर्नुपर्ने, एमबीबीएस सुरु गर्नुपर्ने भनेर सरकारबाट आएको र प्रतिष्ठान अन्य हेल्थ पोष्ट जस्तो नभएकाले सोहीअनुसार काम भएको प्रतिक्रिया दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ