२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा ८३ हजारभन्दा बढी पीसीआर परीक्षण, ७६ प्रतिशत पुरुष कोरोना संक्रमित

कर्णाली प्रदेशमा ८३ हजारभन्दा बढी पीसीआर परीक्षण, ७६ प्रतिशत पुरुष कोरोना संक्रमित


सुर्खेत – कर्णाली प्रदेशमा हालसम्म ८३ हजार भन्दा बढीमा पीसीआर परीक्षण गरिएको छ । सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आरटी पिसिआर बिधिबाट ८३ हजार ६६ जनाको स्वाब परीक्षण गरिएको हो ।

जसमध्ये ४ हजार ९ सय २५ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ भने ३ हजार ६ सय ७८ जना कोरोना निको भई घर फर्किसकेका छन् । प्रतिशतका आधारमा ७४ दशमलव ७ प्रतिशतले कोरोना जितिसकेका छन् ।

हालसम्म कर्णालीमा १२ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । यो कुल संक्रमित संख्याको ० दशमलव २ प्रतिशत हो । हाल प्रदेश भर कोरोनाका १ हजार २ सय ३५ संक्रिय सक्रमित छन् । उनीहरुको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।

७६ प्रतिशत पुरुषमा कोरोना

कर्णालीमा महिलाको तुलनामा पुरुष बढी संक्रमित भएको तथ्यांकले देखाउँछ । संक्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेका छन् । कर्णाली प्रदेशको स्वास्थ्य सेवा महासाखाका अनुसार कोभिड–१९ संक्रमित हुनेमा पुरुष नै बढी देखिएका हुन् ।

कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये २४ प्रतिशत महिला र ७६ प्रतिशत पुरुषमा संक्रमण पुष्टि भएको छ । संख्याको आधारमा १ हजार १ सय ६५ महिला र ३ हजार ७ सय ६० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंँडेलका अनुसार, सबैभन्दा बढी कोरोना संक्रमित हुनेमा १० देखि ५९ वर्ष उमेरसमूहका ९३ प्रतिशत रहेका छन् । ६० वर्ष माथिका ३ प्रतिशत र १० वर्ष मुनिका ४ प्रतिशत रहेका छन् ।

त्यस्तै, २० देखि २९ वर्ष उमेर समुहका मानिसहरुमा बढी संक्रमण देखिएको छ । कर्णालीका कोरोना संक्रमितको कुल संख्या मध्ये १ हजार ८ सय ६६ जना २० देखि २९ वर्ष उमेरसमुहका छन् । यसैगरि, ३० देखि ३९ वर्ष उमेर समुहका १ हजार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म १० देखि १९ वर्षका ५ सय ९२ जना, ४० देखि ४९ वर्ष उमेर समुहका ५ सय ७२ जना, ५० देखि ५९ वर्षका २ सय ९८ जना, १ देखि ९ वर्ष उमेर समुहका १ सय ६९ जना, ६० देखि ६९ वर्षका ९८ जना , ७० देखि ७९ वर्षका २७ जना, १ वर्ष मुनिका १२ जना, ८० देखि ८९ उमेर समुहका १० जना र ९० वर्ष माथिको उमेर समुहका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ