२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौं रिफर

जुम्लाका कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौं रिफर


जुम्ला– जुम्लामा कार्यरत ४० वर्षीय एक स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार ती स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भैरहेको थियो । ‘लामो समयसम्म निको भएन । उहाँमालक्षण पनि देखिएको थियो,’ उनले भने, ‘उनको स्वास्थ्यमा थप समस्या हुने देखिएपछि थप उपचारका लागि सोमबार बिहान हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको हो ।’
जुम्लामा हालसम्म जटिल प्रकृतिको संक्रमित भेटएको थिएन । त्यसैले अब कोरोना फैलदो अवस्थामा रहेकाले नागरिक सचेत हुनुपर्ने देवकोटाले बताए ।

शक्तिपीठमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय जुम्लाले मठमन्दिर तथा शक्तिपीठहरुमा जमघट तथा भीडभाड हुन नदिका लागि निषेधाज्ञा जारी गरेको छ । जुम्लामा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकोले शक्तिपीठमा जमघट तथा भीडभाड नगर्न निषेधाज्ञा जारी गरेको हो ।

मठमन्दिर, शक्तिपिठ, गुम्बामा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिरमा गई जमघट तथा भिडभाड नगर्न सर्वसाधारणका लागि अर्काे सूचना सार्वजनिक नभएसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । ‘सबै नागरिकलाई आफ्नो घरमा मात्र पूजापाठ लगायतका गतिविधि सञ्चालन गर्न अनुरोध गरेका छौँ,’ उनले भने ।

यदि कसैले निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइएमा संक्रमण ऐन–२०२० तथा स्थानीय प्रशासन ऐन–२०२८ बमोजिम कानूनी कारवाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

जुम्लामा हालसम्म ३ सय ८ जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये, ४९ जना सक्रिय संक्रमित छन् भने २ सय ५९ जनालाई निको भइसकेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ