२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनागरिकलाई कोरोनाबाट जोगाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाकाे भनाई

नागरिकलाई कोरोनाबाट जोगाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाकाे भनाई


सुर्खेत– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले नागरिकलाई कोरोनाबाट जोगाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेश सभाले आयोजना गरेको कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमल्सिनाले नागरिकलाई कोरोनाबाट जोगाउनका लागि जनचेतना फैलाउनुपर्ने बताएका हुन् ।

कोरोनाको महामारीको समयमा जनतालाई जोगाउन र कोभिड– १९ नियन्त्रणमा लाग्न हरेक जनप्रतिनिधिहरु जनतासँग जोडिनु पर्ने उनको भनाई छ । यसका लागि सबै सांसद तथा जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रमा गई जनतालाई सहि सुचना दिन उनले आग्रह गरे ।

‘सामाजिक दुरी कायम गरौँ, माक्स सही रुपमा लगाउ,’ उनले भने, ‘जनप्रतिनिधिप्रति नागरिकको ठूलो विश्वास रहेको हुन्छ । नागरिकले हामीले गरेको काम तथा व्यवहार छिटो सिक्ने भएकाले आफुले पनि सही रुपमा स्वास्थ्य साबधानी अपनाआंै, सामाजिक दुरी कायम गर्न, मास्क सही रुपमा प्रयोग गर्न र नमस्कार गरेर सम्मान गर्न नागरिकलाई सिकाऔं ।’

अध्यक्ष तिमल्सिनाको सातैै प्रदेशमा प्रदेश सभा सदस्यहरुसँग अन्तक्रिया गर्ने योजना रहेको छ । सम्भव भएसम्म हरेक पालिकामा यो कार्यक्रम सञ्चालन गरी नागरिकलाई जोगाउने अभियान सुरू गर्ने उनले बताए । भर्चुअल माध्यमबाट भन्दा पनि दुरी कायम गरेर भौतिक रुपमै यस्ता अभियान सञ्चालन गर्नु पर्ने उनको भनाई छ ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कोरोनाले आगामी दिनमा आउन सक्ने ठूला महामारीबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्ने शिक्षा दिएको बताए । यसका साथै महामारीको उपचारको सन्दर्भमा जनता र सरकारका बीचमा असझदारी कायम भइरहेको अवस्थामा प्रदेश सभा सदस्य तथा जनप्रतिनिधिले पुलको रुपमा काम गर्नुपर्ने उनको भनाई छ । साथै जनताको आत्मबल बढाउन यो अभियान प्रभावकारी हुने उनको अपेक्षा गरेको बताए ।

सरकारले अहिले पालिका स्तरमा स्वास्थ्य सेवामा पहुँच पुर्याइरहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताए । ‘कर्णालीमा एक्सरे समेत नभएको जिल्लामा भेन्टिलेटर र आइसियू कक्ष स्थापना गरेका छौ,’ उनले भने, ‘एक अर्बको कोभिड कोष स्थापना गरेका छौ । कर्णालीका हरेक नागरिकको उपचार सरकारले नै गर्ने छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ