२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपीसीआर रिपोर्ट नहुँदा हुम्लामा २ जना स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा

पीसीआर रिपोर्ट नहुँदा हुम्लामा २ जना स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा


सुर्खेत– पीसीआर रिपोर्ट नुहँुदा हुम्लाका २ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतमा साथीको विवाहमा गएर हुम्ला पुगेका दुई स्वास्थ्यकर्मीले कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट नबोक्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीसीआर रिपोर्ट नल्याएकै कारण उनीहरुलाई गाउँ छिर्न नदिएर प्रहरीले नियन्त्रणपछि क्वारेन्टाइनमा राखेको छ । हवाइजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । जिल्लामा कोरोनाको संक्रमण बढिरहेको बेला पीसीआर परीक्षण नै नलिई सिमकोट आएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यप्रसाद सुवेदीले जानकारी दिए ।

कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरू पीसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै नियन्त्रणमा राखिएको डिएसपी सुवेदी बताउँछन् । यसअघि नै हुम्ला प्रवेश गर्दा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको थियो ।

‘सिमकोट विमानस्थलमा रहेको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा पीसीआर रिपोर्ट माग्दा नदिएपछि उनीहरु नियन्त्रणमा परेका हुन्,’ उनले भने, ‘नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ ।’

उनीहरूको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गर्ने स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजिटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ