२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा समुदायस्तरमै देखियो कोरोना, जिल्लाका विभिन्न क्षेत्र सिल

सल्यानमा समुदायस्तरमै देखियो कोरोना, जिल्लाका विभिन्न क्षेत्र सिल


सुर्खेत – सल्यानमा समुदायस्तरमा कोरोना देखिएपछि जिल्लाका विभिन्न क्षेत्रहरु सिल गरिएको छ । गत कात्तिक २९ गते देखि  जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर सिल गरिएको हो ।

त्यसअघि  बागचौर नगरपालिका सहित मुख्य वजार क्षेत्र थारमारे, वागचौर लगायतका क्षेत्र मात्रै सिल गरिएको थियो । तर अहिले भने आकस्मिक सेवा बाहेकका अरु सेवाहरु पनि जिल्ला अस्पताल सल्यानले बन्द गरेको छ ।

हालै कोरोना भाइरसको जोखिम उच्च भएकाले आवश्यक सजकता अपनाउन आग्रह गरिएको शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । श्रीनगर वजारका स्थानियमा पनि कोरोना देखिएकाले आवश्यक सजकता अपनाउन आग्रह गरिएको उनको भनाई छ ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा पिसिआर परिक्षण गर्न उनले आग्रह गरेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ५७ रहेको छ । अहिले ती सबै संक्रमित जिल्लाका विभिन्न होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले अहिलेसम्म जिल्लाभर ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । ती मध्ये अहिले सम्म ५ सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ