२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसरकारको असहयोगले प्रदेश आयुर्वेद औषधालयको स्तरोन्नतीमा समस्या

सरकारको असहयोगले प्रदेश आयुर्वेद औषधालयको स्तरोन्नतीमा समस्या


सुर्खेत– कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतको स्तरोन्नतीमा समस्या भएको छ । प्रदेश सरकारले सहयोग नगर्दा औषधालयको समृद्धि र विकासमा समस्या भएको हो ।

प्रदेश सरकारको असहयोगका कारण आयुर्वेद औषधालयले गती लिन नसकेको औषधालयका अध्यक्ष विनोद ढकाल बताउँछन् । ‘औषधालयमा जनशक्ति, उपकरण लगायत भौतिक संरचना निर्माण तथा व्यवस्थापनको काम जारी छ,’ उनले भने, ‘प्रदेश सरकारले बजेटमा औषधालयलाई प्राथमिकता नदिएपनि हामीले आन्तरिक स्रोतबाट औषधि तथा उपकरण व्यवस्थापन गरिरहेका छौ ।’

सेवाग्राहीको माग र आवश्यकताका आधारमा आयुर्वेद औषधालयको स्तरोन्नतीका लागि प्रदेश सरकारले यतातर्फ ध्यान दिएको छैन । कोरोना महामारीकाबीच औषधालयमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि लिन आउनेको संख्यामा वृद्धि भएको छ ।

तर, प्रदेश सरकाले औषधालयको स्तरोन्नतीका लागि बजेटको व्यबस्था नगरेका कारण हाल आन्तरिक स्रोतबाट रोगसँग लड्ने क्षमता बढाउने औषधि सबैलाई उपलब्ध गराउन नसकिएको ढकाल बताउँछन् । ‘कोरोना संक्रमितलाई मात्र विशेष औषधि उपलब्ध गराइएको छ,’ अध्यक्ष ढकाललले भने, ‘संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुर्खेतकै हुँदा पनि औषधालयको विकासको पाटो पछि प¥यो ।’

प्रदेश सरकारले प्रत्येक जिल्लामा ३० लाख बराबरको बजेट बिनियोजन गर्दा प्रदेश आयुर्वेदका लागि भने बजेट शुन्य छ । मुलुककै जडिबुटीको हबका रुपमा कर्णालीलाई चिनिन्छ तर यहाँको जडिबुटीबाटै बनेका औषधि महंगो मूल्यमा खरिद गरेर ल्याउनु परिरहेको छ । त्यसैले अब सरकारले कर्णालीमा प्राप्त जडिबुटीलाई यहीँ प्रशोधन गरी उत्पादन गर्ने नीति ल्याउनुपर्ने ढकालको माग छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ