२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा एमबीबीएस पठनपाठन गराउन सरकार सकारात्मक : मन्त्री रावत

कर्णालीमा एमबीबीएस पठनपाठन गराउन सरकार सकारात्मक : मन्त्री रावत


जुम्ला –  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले कर्णाली प्रदेशमा एमबीबीएसको अध्ययनका लागि सरकार सकारात्मक देखिएको बताए।
प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको एमबीबीएसको अध्ययनका लागि सरकार र मन्त्रालय सकारात्मक भएको बताएका हुन् ।

स्थानीयतहमा अस्पताल निर्माणको शिलान्यास कार्यक्रमका लागि जुम्ला पुगेका मन्त्री रावतले मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निरीक्षण समेत गरेका छन् । प्रतिष्ठानमा भएका स्वास्थ्य सेवाको अनुगमन र आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री रावतले एमबीबीएस तथा पूर्वाधारका लागि आन्तरिक गृहकार्य गर्न तथा मन्त्रालयसँग समन्वय गर्न निर्देशन समेत दिए।

उनी जुम्लाका आएको समयमा कर्णालीका नागरिकले यहाँ एमबीबीएस पठनपाठन गर्न माग गरेका थिए ।

प्रतिष्ठानमा भएका स्वास्थ्य सेवाको अनुगमन र आयोजना गरिएको अन्तरक्रियामा राज्यमन्त्री रावतले एमबीबीएस तथा पूर्वाधारका लागि आन्तरिक गृहकार्य गर्न तथा मन्त्रालयसँग समन्वय गर्न निर्देशन समेत दिए ।

राज्यमन्त्री रावतले कर्णाली सहित देशका ६ प्रतिष्ठान पाँचसय शैय्या, प्रदेश अस्पताल ३ सय शैयाको बजेट सहित पूर्वाधार शुरु भएको जानकारी दिए । तीन सय ९६ स्थानीय तहमा ५, १० र १५ शैयाको अस्पताल निर्माण गर्नुका साथै जनशक्ति सहितको तयार गरिएको बताए ।

पूर्वराज्यमन्त्री बलबहादुर महतले स्वास्थ्य राज्यमन्त्री समक्ष कर्णालीमा केही सम्भव छैन भनेर दृष्टि फरक राखिएको समयमै नेपालमा कर्णाली प्रतिष्ठानको जन्म भएको भन्दै प्रतिष्ठानको पूर्वाधार र एमविविएसको लागि सहयोग गर्न अनुरोध गरे ।

प्रतिष्ठानले एमबीबीएसका लागि तयारी भइरहेको हुँदा सहयोग गर्न पदाधिकारी अपिल गरेका छन् । कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले ६ अर्वको बहुबर्षिय योजना प्रधानमन्त्री उपस्थित सिनेटले पारित गरि सकेकाले कार्यन्वयन गर्न अनुरोध गरे । उनले प्रतिष्ठानले स्वास्थ्य सेवा गाउँमै दिने मौलिक स्वास्थ्य सेवा मोडल शुरु समेत गरेको जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ