२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५७०६ जनाको पीसीआर परीक्षण, ७८२ मा संक्रमण पुष्टि

५७०६ जनाको पीसीआर परीक्षण, ७८२ मा संक्रमण पुष्टि


काठमाडौं– नेपालमा ५ हजार ७ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ६ जनाको स्वाब परीक्षण गर्दा थप ७ सय ८२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका छन् । जहाँ २ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १ हजार २९ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । नेपालमा हालसम्म २ लाख ४१ हजार ३ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
आज थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा १ हजार ७ सय ६५ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ