२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसन् २०३० मा मातृ मृत्यु ७० मा झार्ने दिगो विकास लक्ष्य संकटमा

सन् २०३० मा मातृ मृत्यु ७० मा झार्ने दिगो विकास लक्ष्य संकटमा


काठमाडौं—सरकारको सन् २०३० मा मातृ मृत्यु ७० मा झार्ने दिगो विकास लक्ष्य संकटमा परेको छ । कोरोना संक्रमणका कारण उक्त लक्ष्य नै संकटमा परेको हो । सरकारले दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा प्रति लाख जीवित शिशुको जन्म हुँदा गर्भवतीको मृत्युलाई ७० जनामा सिमित बनाउने लक्ष्य लिएको थियो ।

उक्त लक्ष्य अनुसार सन् २०२० मा मृत्युलाई १२५ जनामा सिमित बनाउनु पर्नेछ । तर, उक्त योजना पूरा गर्न ज्यादै कठिन भएको परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखाकी प्रमुख डा. पुण्या पौडेलले बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सन् २०२० को १० महिनामा १९३ जना गर्भवती महिलाको मृत्यु भइसकेको छ । जुन संख्या सरकारको लक्ष्यभन्दा ६८ जना बढी हो । पछिल्लो चार महिनामा ८४ जना गर्भवती महिलाको मृत्यु भएको छ । मन्त्रालयले सन् २०२१ मा गर्भवती आमाको मृत्यु १२५ बाट पनि घटाएर प्रति एक लाख जन्ममा ९९ मा झार्ने लक्ष्य लिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ