२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७४२ जनामा संक्रमण, १०७९ संक्रमित कोरोनामुक्त

थप ७४२ जनामा संक्रमण, १०७९ संक्रमित कोरोनामुक्त


काठमाडौं– नेपालमा थप ७ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५१ जनाको स्वाब परीक्षण गर्दा थप ७ सय ४२ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ५४  हजार ५ सय १४ पुगेको छ ।

सोमबार काठमाडौं उपत्यकामा  मात्रै ३ सय ११ जना संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा थप १ हजार ७९ जना संक्रमितले कोरोना जितेका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको छ

पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । भने हालसम्म कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ