२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतबाट आएका मानिसहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न मन्त्रालयको अनुरोध

बेलायतबाट आएका मानिसहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न मन्त्रालयको अनुरोध


काठमाडौं– बेलायतबाट आएका मानिसहरुलाई १० दिन होटर क्वारेन्टाइनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । बेलायतमा पछिल्लो समय नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखा परेकाले बेलायतबाट र बेलायतको बाटो हुँदै नेपाल प्रवेश गर्ने मानिसलाई अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो ।

गत १ पुषदेखि ७ गतेभित्र बेलायतबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा बस्न मन्त्रालयले अनुरोध गरेको छ । साथै, नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र नजिकैको सरकारी स्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्न भनेको छ ।

यो अवधिमा बेलायतबाट आएका मानिसहरुको पीसीआर परीक्षण निःशुल्क गर्न सबै सरकारी प्रयोशालालाई सूचित गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ