२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआकस्मिक सेवा लिनेको संख्या गत वर्षभन्दा आधा लाख कम

आकस्मिक सेवा लिनेको संख्या गत वर्षभन्दा आधा लाख कम


काठमाडौं—संघीय अस्पतालमा आकस्मिक सेवा लिनेको संख्या गत वर्षभन्दा आधा लाख कम देखिएको छ । सरकारी ढिलासुस्ती र सेवाको गुणस्तरमा प्रश्न उठिरहेका बेला संघीय अस्पतालको सेवा लिनेको संख्यामा अघिल्ला वर्षको अनुपातमा निकै खाडल देखिएको छ । देशभर १५ संघीय अस्पताल छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तीन वर्षको तथ्यांकअनुृसार अघिल्ला वर्षहरुको भन्दा यो वर्ष आकस्मिक सेवा लिनेहरुको संख्यामा ५६ हजार ४ सय १२ जनाले कमी आएको छ । गत माघ ९ देखि नेपालमा देखिएको कोरोना भाइरस कोभिड—१९ को त्रासले पनि धेरैले सेवा नलिएको अनुमान अधिकारीहरुले लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले सामान्य सेवा तत्काल रोक्नु भनेपनि आकस्मिक सेवाको हकमा नियमित संचालन हुने बताएको थियो । तर, पनि अस्पताल र चिकित्सक बिरामी हेर्न तयार नहुँदा विगतमा भन्दा कमले सेवा लिएको हुन सक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ ।

स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले प्रस्तुत गरेको तथ्यांकअनुसार ०७४/०७५ मा ३ लाख ४१ हजार ५ सय ४५ जनाले सेवा लिएका छन् । त्यस्तै, ०७५/०७६ मा ३ लाख ५१ हजार ७ सय ७९ जना र ०७६/०७७ मा २ लाख ९५ हजार ३ सय ६७ जनाले सेवा लिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ