२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८ जना संक्रमितको मृत्यु, २३४ संक्रमित आइसीयु र भेन्टीलेटरमा

थप ८ जना संक्रमितको मृत्यु, २३४ संक्रमित आइसीयु र भेन्टीलेटरमा


काठमाडौं—नेपालमा ३५ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार देशभरका विभिन्न अस्पतालहरुमा ३५ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ८ जना र कर्णाली प्रदेशमा १ जना, सुदूरपश्चिममा १ जना, प्रदेश २ मा १ जना र १ नंं. प्रदेशमा २ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर १ सय ९९ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४९ जना, १ नं. प्रदेशमा ७ जना, सुदूरपश्चिम प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १४ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ । यस्तै, प्रदेश २ मा भने आइसीयुमा कुनै पनि संक्रमित नरहेको जानकारी छ ।

पछिल्लो २४ घण्टामा जम्मा १ हजार ९ सय ६६ जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।

थप ८ जना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ८ सय ७८ जना संक्रमितको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ