२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतले नेपाललाई १० लाख डोज कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिने

भारतले नेपाललाई १० लाख डोज कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिने


काठमाडौँ – भारत सरकारले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । बुधबार  स्वास्थ्य  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले अनुदान स्वरूप १० लाख डोज कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन लागेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

खोपको विषयमा जानकारी दिन बुधबार स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए  ।

स्वास्थ्यमन्त्री त्रिपाठीले १० लाख डोज कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएकोमा नेपाल सरकारकोतर्फबाट नेपालका लागि राजदुत क्वात्रा र भारतीय सरकारलाई धन्यबाद दिएका छन् । उक्त खोप बिहीबार काठमाडौँ आइपुग्ने उनले बताए ।

भ्याक्सिन वितरण गर्ने प्रकिया पुरा गरेको बताउँदै उनले भने, ‘सबै तयारी भैसकेको छ । अबको ७ दिनभित्रमा खोप अभियान सुरु गर्नेछौ। १० लाख डोजले ३ प्रतिशतका लागि पुग्नेछ ।’ अग्रपंतिमा रहेकालाई पहिलो प्राथमिकता र त्यसपछि जोखिममा रहेकालाई डोज दिइने उनको भनाई छ ।

यसको साथै उनले उपलब्ध हुन् लागेको खोपको डोज पर्याप्त नहुने हुँदा आगामी दिनमा खरिद प्रकिया अघि बढाएर खोप मगाउने बताए ।

गत शुक्रबार नेपालले भारतको खोप कोभीसिल्डलाई आपतकालीन स्वीकृती दिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ