२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १२५ सहित थप ३१८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १२५ सहित थप ३१८ जनामा कोरोना पुष्टि


काठमाडौं– नेपालमा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौं उपत्यकाका १ सय २५ जना रहेका छन् । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३ सय १० जना पुगेको छ ।

केहि दिनयता देखि संक्रमण दर घट्दो क्रममा छ।

पछिल्लो २४ घन्टामा ३ सय ८३ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ६२ हजार ६सय ४२ जना कोरोनामुक्त भैसकेका छन् । बुधबारमात्र ५ हजार १२वटा पिसिआर परीक्षण भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ