२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ भारतले अनुदानमा दिएको कोभिड भ्याक्सिन नेपाल आइपुग्यो [फोटो फिचर]

भारतले अनुदानमा दिएको कोभिड भ्याक्सिन नेपाल आइपुग्यो [फोटो फिचर]


काठमाडौँ – भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’  नेपाल आइपुगेको छ।

पहिलो चरणको उक्त खोप एयर इन्डियाको विमानबाट बिहिबार बिहान नेपाल आइपुगेको हो।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीले भारत सरकारबाट अनुदानका रूपमा प्राप्त हुने १० लाख डोज खोप देशव्यापी अभियान चलाएर अग्रपंक्तिमा खटिएका नागरिकलाई दिइने जानकारी दिएका थिए ।

उनका अनुसार भारत सरकारको अनुदानमा आएको खोपको डोज बाहेकको बाँकी खोपको लागि खरिद प्रक्रिया अगाडी बढिरहेको छ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ